– अम्बिका धिताल
१,
यो जिन्दगीलाई कैँची हैन सियो बनाएर देखाउनु छ
सधैं सधैं अन्धकारमा चम्किने दियो बनेर देखाउनु छ
हरेक हरेक रोगसँग लडेर सफलताको सिढी चढ्नलाई
हामी आफूले आत्मविश्वास बलियो बनाएर देखाउनु छ
२,
हिँड्दा हिँड्दै लडाउने दाउ अनेक
पसल पिच्छे सामानको भाउ अनेक
रातै रगत देखिन्छ बगेको देख्दाखेरि
मनभित्र दुखिरहने घाउ अनेक
३,
गोर्खाली हौँ वीर हामी स्वाभिमानी बनौँ
फूल बनी सबलाई आहा सुन्दर भनौँ
विदेशमा होइन अब स्वदेशमै बसी
सुन फल्छ यही माटोमा बाँझो भूमि खनौँ
४,
घर पनि आजभोलि जेल जस्तो लाग्छ
जीवनका दुःखसुख खेल जस्तो लाग्छ
अनायासै मुहारमा झुल्किदिने मुस्कान
कताकता साउनको भेल जस्तो लाग्छ
५,
यहाँ कालो सेतो बन्छ , छल भएपछि
सर्व सत्ता आफ्नै बन्छ , बल भएपछि
खोलो बन्छ सडक यो,ज्यानै जोखिममा
सडक सडकमै असरल्ल, ढल भएपछि
प्रतिक्रिया
-
४
