– प्रकाश रम्घाली

पकेटबाट रूमाल झिक्दा
काईयो खसेझैं— खस्दोरहेछु म त ।

कति हिउँदहरू
कति-कति बसन्त र शिशिरहरू
कति बिहान र कति-कति साँझहरू ।

एउटा-एउटा पात जोडेर
टपरीजस्तो, मनमा बन्छ— प्रेमको आकाश
एउटा-एउटा सपना सँगाल्दा
पहाडजस्तो, हृदयमा उठ्छ— समुन्द्र लहर ।

एउटै घामले
घर्तीलाई पर्याप्त भएको उज्यालोझैं
यो मेरो सम्झना, ठीक त्यस्तै छ— तिमीलाई नभनी बसेको ।

***

प्रतिक्रिया

सम्बन्धित खवर