– अंकिता कोइराला
तिमी मेरो एक्लो र एक मात्र जीवन हौ,
मौन मुटुको धड्कनमा, उज्यालो तिमी हौ
हरेक सपनामा तिम्रो प्रतिबिम्ब झल्किन्छ,
हरेक आँसुमै तिम्रो अमृत सर्छ
टुटेका पानामा
तिम्रो ममताको अमृतले जीवन प्रफुल्लित हुन्छ,
सपनाका गल्लीहरू
तिम्रो प्रेमले उज्यालो हुन्छ
अन्धकार रातमा
तिमी नै चन्द्रमाको शीतल प्रकाश,
आशाका किरणहरू तिमीमा मात्र फेला पर्छन्
आमा,
तिमी मेरो अस्तित्वको सार हौ,
मेरो श्वास, मेरो मुटु, मेरो आत्माको संगीत
जहाँसुकै जाऊँ, जहाँसुकै रहूँ,
सधैं तिमी मेरो साथ हौ,
मेरो जीवनको अमूल्य प्रकाश
तिमी बिना यो संसार अधुरो छ,
तिम्रो माया बिना यो मन शून्य र रिक्त छ
हरेक श्वास तिम्रो नाम बोकेको,
हरेक धडकनमा तिम्रो प्रेम प्रतिध्वनित।
तिमी मेरो जीवनको एक्लो अमूल्य धरोहर हौ,
मेरो अनन्त प्रेमको आधार
मेरो अनन्त प्रकाश ।
***
प्रतिक्रिया
-
४
