– मानन्धर अभागी

१,
जिन्दगी यो उसले बाँझो बनायो
जिउन मलाई आज गारो बनायो

कस्तो नियत होला उसले मलाई
पुछेर   फ्याँक्ने   टालो   बनायो

राजा  महाराजा केहो गन्दै गनेन
मलाई  त  उसले   जाबो  बनायो

अजिब लाग्छ  सद्दे होकि पागल
घरि  पराय  घरि आफ्नो  बनायो

अन्याय खप्न नसकेर  काली बनें
उसैले मलाई आज यस्तो बनायो ।

२,
हिजो घरवार नभाका आज दरबारमा छन्
भ्रष्ट  भनेर  चिनेका आज सरकारमा छन्

बल्लबल्ल पालो पाको जति सक्यो लुट्दैछ
कुर्सी ढल्नै आँट्यो त्यसैले त हतारमा छन्

चिच्याउने चिच्याइ रहून्  रोक्ने – टोक्ने को
छोटे राजाहरू हेलिकोप्टरमा सवारमा छन्

ठूलावडाको आर्शीवाद भ्रष्टाचारीहरू लाई
भ्रष्टाचारमा मुछेका आज वफादारमा छन्

यहाँ  यस्तै छ हजुर के गर्नु लाज पचेकाहरू
जसले राम्रो काम गर्यो उही कारागारमा छन्
***

प्रतिक्रिया

सम्बन्धित खवर