कुशेऔँसी अर्थात बुबाको मुख हेर्ने दिन नेपाली संस्कृतिमा महत्वपूर्ण पर्व हो। यो दिनमा छोराछोरीहरूले आफ्ना बाबु-बुहारीलाई सम्मान र माया प्रकट गर्छन्। बुबाको मायालाई सम्मान गर्नका लागि यस दिन विशेष कार्यक्रम आयोजना गरिन्छ। घरघरमा मिठाई, फलफूल र नयाँ पोशाक किनिन्छ। बिहानैदेखि नै बच्चाहरू बुबालाई माला लगाइन्छन्, फूलले सजाइन्छन् र मिठाइहरू बाँडिन्छ। यस दिन बुबाले आफ्नो सन्तानप्रति गर्व र प्रेम व्यक्त गर्छन्। परिवारभित्रको सम्बन्धलाई बलियो बनाउन यस पर्वले मद्दत गर्दछ। बुबाले आफ्नो छोरा-छोरीलाई जीवनका महत्वपूर्ण शिक्षा दिन्छन्। बुबाको सम्मानले परिवारमा प्रेम र सद्भाव बढ्छ। यस दिनले बाबु र छोरा र छोरीको सम्बन्धलाई अझ गहिरो बनाउँछ। यस पर्वले हामीलाई बुबाको माया र त्यागलाई सम्झन र मूल्यांकन गर्न प्रेरित गर्दछ। यसरी, कुशेऔँसी बुबाको मुख हेर्ने दिनले हामीलाई परम्परा, प्रेम र सम्मानको संस्कार सिकाउँछ।
बुवा दिवस
यो दिन (अङ्ग्रेजीमा: Father’s Day|Father’s Day) पितालाई सम्मान दिने दिन हो। नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन पिता दिवस मनाइन्छ। यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
इतिहास
पितालाई समर्पित यस दिनको इतिहास धेरै नै रोचक छ। डेली अमेरिकाको रिपोर्ट अनुसार, वाशिङ्टनमा बस्ने सोनोरा स्मार्ट डोड यस दिन की जन्मदाता हुन् । १९०९मा स्पोकेनको सेन्ट्रल मेथोडिस्ट एपिस्कोपल चर्चमा उनले मदर्स डेको बारेमा सुने । उनले सोचे कि पिताको लागि पनि यस्तै एउटा दिन हुनुपर्छ। सोनोराका पिता विलियम स्मार्ट डोडले आफ्नो श्रीमति मरीसके पछि अर्को बिहे गरेनन् र आफ्नो परिवारको हेर-चालमा समय ब्यतित गरे। सोनोराले यसको लागि उनलाई मुटुदेखि धन्यवाद दिन खोज्दै थिन्। लिहाजा पहिलो चोटी १९१०मा जुन महिनाको तेस्रो आइतवारको दिन फादर्स डे मनाईयो। अमेरिकामा यस दिन छुट्टी हुन्छ। तर फादर्स डेलाई अधिकारिक अवकाशको दिन बन्नलाई लामो प्रतिक्षा गर्नु पर्यो।
अन्य देशमा
न्यूयर्क टाइम्स अनुसार १९१३मा अमेरिकी कांग्रेसमा यस दिनलाई राष्ट्रिय पर्व रूपमा मनाउनु पर्छ भन्दै पहिलो चोटी बिल पेश गरियो। राष्ट्रपति विल्सन यसलाई अधिकारिक दर्जा दिलाउन खोज्दै थिए, तर कंग्रेसले यसको विरोध गर्यो। १९५७मा सिनरेट मार्गरेट स्मिथले कंग्रेसलाई लेखेको पत्रमा भने कि ४० वर्षदेखि मातालाई सम्मानित गर्दै आइयेको छ, तर पितालाई किन नजरअंदाज गरिंदैछ? १९६६मा राष्ट्रपति लिण्डन जोनसनले पहिलो चोटी जून महिनाको तेस्रो आइतवारको दिन फादर्स डे मनाउने सरकारी घोषणा गर्नु भयो। छ वर्ष बिती सके पछि राष्ट्रपति रिचर्ड निक्सनद्वारा यस सम्बन्धमा एक कानुनमा हस्ताक्षर गरे पछि फादर्स डे अमेरिकामा राष्ट्रिय छुट्टीको दिन बन्न पुग्यो।
***
(विकेपेडिया र एजेन्सीको मदतमा)
प्रतिक्रिया
-
४
