– भूमिका गैरे तिमिल्सिना
बुबाको मुख हेर्दा के दिने हो ? एकाबिहानै पल्लाघरबाट आवाज सुनियो ।
सामाजिक सञ्जालभरि छ्यापछ्यापी कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको शुभकामनाको ओइरो थियो ।
छोरी कति बेला आउँछे भनेर बुबाको आँखा बाटातिरै थियो ।
दिव्या आई, “उसले बुबाआमालाई मिठाइँ, फलफूल, वस्त्र दिई र सञ्जालमा फोटा राखेर भव्य शुभकामना दिई ।”
घरपरिवारमा खुसीको माहोल छाएको थियो । पल्लाघरे आम्मोई कराउँदै भित्र पसिन् । “छोरी आई, खानपान भो, के गरेका छौ तिमरू ।”
सबैजना सँगै बसेर गफ गर्न थाले । आम्मोई अलि दार्शनिक थिइन् । उनले भन्न थालिन, ” भदौ महिनाको आमावस्याका दिन गोकर्णे औँसीको नामले चिनिने पर्व हो, जुन बुबाको मुख हेरी मनाउने गरिन्छ । वर्ष भरि देवकार्य र पितृकार्यमा प्रयोग हुने कुशलाई घर- घरमा राख्नाले मात्र पनि परिवारको कल्याण एवम् घर पवित्र हुने धार्मिक मान्यता रहेको छ । बुबाआमा नहुनेले तीर्थ, श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र पुण्य प्राप्तिको मान्यता रहेको छ ।” सबैले एकाग्र भएर सुनेका थिए ।
फेरी थपिन्, ” मध्यकालीन साहित्य जगतका शृगार रसका प्रयोगकर्ता युवा कवि मोतिराम भट्ट जन्मेको आजकै दिन भएकाले मोतिजयन्ती भनेर पनि चिनिन्छ ।”
आम्मोईले कान्छोलाई हेर्दै व्यङ्ग्य कसिन्, ” के दिइस् त कान्छा, बुबालाई ।”
नजिकै बसेर सबै सुनिरहेको कान्छाले गम्भीरतापूर्वक भन्यो, ” म बबुरोले बुबाआमालाई तीन पटक घुमे र तीर्थ सम्झिएर ढोगे ।”
***
प्रतिक्रिया
-
४
