– लक्ष्मण ज्ञवाली

“किन यति धेरै मान्छे दौडिरहेका छन्‌ बुवा ?”
बजारभरि निकै चहल पहल देखेर सानो छोराअभयले आफ्नो बुबासँग सोध्यो ।

“भोलि कृष्ण जन्माष्टमीको दिन, सामान किनकान गर्नुपर्ने भएर नि !”

“हामी पनि बजार गर्न जाने हो?”

“हो त  ! विभिन्न प्रकारका खाद्यान्न, मिष्ठान्न ,कृष्णजीलाई सिँगार्ने शृङ्गारका सामग्री, बाद्यवादन, बाँसुरी, इत्यादि किनेर लैजाने,  अनि रातिमा, पूजा आराधना, भजन, कीर्तन, नाच गान गरेर रमाइलोसँग कृष्णजन्माष्टमी, मनाउने हो ।”

“कृष्णलाई यति धेरै प्रशंसा सत्कार र पूजा किन गरिन्छ ?। ”

“कृष्ण, द्वापरयुगका युगपुरुष थिए । कंश नाम गरेको राक्षसी प्रवृति भएको मथुराको राजा, जस्को अत्याचारले सिमा नाघको थियो, उसैलाई बध गर्न कृष्ण अवतार लिएर जन्मिएका युगपुरुष थिए । उनले सबैको हितमा काम गरेर पुरूषार्थ देखाएको हुनाले उनलाई भगवानको रूपमा  पुकार्ने र पुज्ने गर्न थालियो।”

अभयले कुरा बुझेको स्वीकृति सूचक  मुन्टो हल्लायो ।

अभय बुबासँगसँगै बजार गयो । बुबाले किनेका सामग्रीहरू झोलामा राख्न थन्क्याउन बुबालाई सहयोग गर्यो । बुबाले एउटा बाँसुरी अभयलाई पनि किनिदिए।

” कृष्णले बाँसुरी बजाएपछि सोह्रसय
गोपेनीहरू लट्ठै पार्थे रे।”
बुबाले कृष्णको बखान गरे ।

अभयले तुरुन्तै आफ्नो आकाङ्क्षा जाहेर गर्यो । “बाबा, म पनि कृष्णले जस्तै सोह्रसय गोपिनी लट्ठ्याउँछु  ल ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर