आँगन
-डा. विप्लव ढकाल
छाेराे बाङ्गाे हिँडेको देखेर
चिन्तित छिन्
गँगटाकी आमा !
उनले छाेरालाई
हकार्दै भनिन्-
बाबु !
अब त तँ ठूलाे भइस्
राम्ररी हिँड्न जान्नुपर्छ
साेझाे हिँड् साेझाे !
‘कसरी हिँड्ने आमा ?’
छाेराले प्रश्न गर्याे
‘यी यसरी हिँड्नुपर्छ’
आमाले हिँडेरै देखाइन् !
तर छाेरालाई
साेझाे हिँड्न सिकाउने
आमा पनि बाङ्गै हिँडिन् !
सायद संसारभरि नै
सबै गुरुहरू
बाङ्गाे हिँड्छन् !!
***
प्रतिक्रिया
-
४
