आँगन
– पदमप्रसाद भट्टराई
आज खोई कतिबेला
उनको याद आयो
उनको याद आएको बाटोमा
जीवनभर यात्रा गर्नु झैं लाग्यो
सम्झनाले सताउंदा त्यही बाटोमा
बर्वाद हुन मन लाग्यो
यादले सतायो, यादैले ब्युँझ्यायो
फेरिएको समय पनि यादले सम्झायो
साँगुरो गल्लीमा पाईला सम्हालिएर
अधेरो गल्लीमा मन बरालिएर
कताकता क्षितिज भन्दा पर
कतै अर्को सुन्दर घर बनाउने मन भयो
***
प्रतिक्रिया
-
४
