– खिम केसी
१.
यस्तो सक्त घाइते भएको छु तिम्रो नजरबाट
सायद यति विघ्न हुदैन बारुदको असरबाट

लहैलहैमा तिमीलाई भेट्न शहर पुगेको थिए
सोचिन् तिमीले चिन्दैनौं निसक्नेबेला घरबाट।।

एक्लै एक्लै भौतारिएको छु पागल प्रेमी जसरी
अहिले गजल लेख्दैछु यो बस्ती भन्दा परबाट।।

माफ गरिदेऊ बा गल्ती गरेको हुँ गाउँ छोडेर
छिटै फर्किदैछु घर धेरै कुरा सिकेर शहरबाट।।

२.
कतै प्रकाश कतै हल्का ओझेल परेको छ
बिस्तारै बल्छ दियो भर्खर तेल परेको छ।।

आमा!एकदिन दु:खले पनि काँचुली फेर्नेछ
अहिले हाम्रो भाग्यमा दैवको खेल परेको छ।।

यी नजरले हेरेर तिमीलाई नै मन पराएँ मैले
सायद सजाय होला,मुटु पो जेल परेको छ।।

नभन् मलाई दौडिएर आउ कतै भेट्न् भनेर
सक्दैन अहिले मेरा खुट्टामा नेल परेको छ।।

प्रतिक्रिया

सम्बन्धित खवर