– धनराज गिरी
— ” जोखिम हुन्न, यति कडा खतरनाक सत्य लेख्ने?” नारायण तिवारी। ” हो त दाजु,म उहाँलाई भन्छु,यति छरपस्ट र छताछुल्ल,अरूको लागि अण्टसण्ट त नलेखे हुने नि,बरु कोपिलातिर आए हुने,यस्तो अद्वितीय प्रतिभा,के भन्ने र?” गिरिराज डल्लाकोटी। ” हो त,म त सक्दिन अब! ” विधान आचार्य। ” होइन बा,यत्रो जोखिम मोलेर लेख्नुहुन्छ,हजुर कुन्साङ्ग काका होइन,कसले जोगाउँछ? कवच कुण्डल को?बा,नवराज पनि हजुरको चिन्ता गर्ने नि,म मात्र हो र?” रचना शर्मा। सबैले चिन्ता व्यक्त गरे। शङ्कर गैरे र नारायण नेपाल मौन। लेखराम सापकोटा मुसुमुसु। ” यसलाई जति गाली गरे पनि हुन्न,मजस्तै छ,आफ्नो सुर नछाड्ने ! मैले त उहिल्यै भनेको!मान्दैन। एकोहोरो छ। बेइमानी त जान्दैन। अलि जोगिएर लेख्नु नि!जे पनि लेख्छ,ह्वाङ्ग! ” भानुप्रसाद मायालु अनुगुन्जनोपाध्याय। ” जीवनदर्श सिक्दै छ,मेरो कान्छो। टोलेमी हो,टोलेमी! यो जोगी मायालाग्दो छ,ओलीजीले पनि सम्झिने मान्छे त,चानचुने हो र?” रमाकान्त सापकोटा ।

” दाइ,हजुरलाई यत्रो हिम्मत केले दिन्छ?आम्मै,प्रेम रिमाल र हजुर त जन्मेकै हो। ” किसान प्रेमी। यतिखेर ” लघुकथा दिवस ” मनाउन सबै साथीहरू प्रोफेसर ” शङ्करनारायण नेपालोपाध्याय पाल्पालीको ” घरमा जम्मा भएका छन् — बैकुण्ठनगर। प्रोफेसर जगमोहन आजाद र धनराज गिरी आउनै छ। विश्वनाथ खनाको कारमा। अरू पनि। ” साथीहरूको माया,सम्मान र भरोसालाई नमन,अभिवादन। साथीहरू,इमान यस्तो दिव्यास्त्र हो जसले हरेक कुरुक्षेत्रमा विजयी बनाउने पक्का,मेरो अर्को नाम प्रोफेसर ” अजेयराज दिग्विजय अभयश्री सुमार्गी ” पनि हो। म बेखौफ! डर लाग्दैन,कत्ति पनि।किन?हरेक मान्छेभित्र एक ” प्रह्लाद ” हुन्छ,पवित्र प्रह्लाद, हरिभक्त, त्यो प्रह्लादलाई जोगाएमा,जति हिरण्यकश्यपु र होलिकाले आक्रमण गरे पनि अमूर्त नारायणहरू हाजिर, बिष्णुको त म मामा ससुरा! नारायण वन भाइ! कसले छुने?मलाई अमूर्त शक्तिमा भरोसा छ,यो समाज मलाई चिन्दछ। म त परिवारको मात्र होइन नि।यो जोगी,यो ७४ नामी छत्तीसे,वाममैत्री ” कमरेड बिस्फोट ” सबैको हो,कसैको पनि होइन । शायर हो,कायर होइन। मैले सज्जन र इमानदारहरूलाई दुःख दिएको छु?सानालाई ठोक्ने र ठूलालाई बोक्ने गरेको छु? मेरा चेलाचेलीले मभित्रको ” सत्यम् — शिवम् — सुन्दरम् ” लाई चिनेका छैनन् र?म आफ्नो मनोबल,जमीर र योग्यतामाथि,आफ्नो सत्कर्ममाथि पूर्ण सम्पूर्ण भरोसा गर्दछु। मभित्रको ” प्रह्लाद ” सुरक्षित छ। म ढुक्क ! ”
” वाह, प्रोफेसर साहेब,अब खीर खाने! मेरो भाइ विराटको अर्जुन! अजेय हो। एक गाना,किशोर दा का! ” नारायण तिवारी। खीर आयो। प्रोफेसरले मीर बनेर गीत गायो। ” मेरो दाइ प्रह्लाद नै हो!” नारायण वन। बैठक सकियो।

***

प्रतिक्रिया

सम्बन्धित खवर