– नवराज शर्मा
ऊ मेरो काँधमा बसेकी थिई ।
म गुनगुनाउँदै हिँडिरहेको थिएँ ।
“धेरै गुनगुन नगर है मुखमा बुझो लगाउँदै छन् अरे अब जिब्रो पनि थुत्लान् ।”
” मनपरी बोल्न पो हुँदैन । सत्य तथ्य बोल्न लेख्न किन नपाइनू ?”
“बोल्ने लेख्ने रे …. !” उसले उपहास गर्दै भनी, -“सङ्केत गर्न त नपाइने अरे, सुन्या छैन रेडियोले फलाकिरहेको ?”
उत्निखेरै रेडियोले संविधानले दिएको मौलिक हक प्रयोग र नियमनको पक्ष विपक्षमा भएको बहस समाप्त भएको जनाउ दियो ।
हावामा कावा खानुअघि उसले चिर्र गरी, -“उड्नूको विकल्प छैन।”
चर्को स्वरले मेरो आत्मालाप भङ्ग भयो । मैले आकाशतिर हेरेँ ।ऊ र हवाईजहाज उडिरहेका थिए ।
सडकभरि छरपस्टिएको फोहरतिर हेर्दै म दृढ स्वरमा कराएँ, “मसँग हिँड्नूको …..।”
***
प्रतिक्रिया
-
४
