– वसन्त ओली वसन्ती

गजल १,
मन नभएको हो कि आतुर नभएको
सिउँदो कति दिन राख्छ्यौ सिन्दुर नभएको

अरु सबैचिज मसँग भए जस्तो लाग्छ
तिम्रो माया मात्र हो भरपुर नभएको

मलाई यस्तो मान्छे चाहिएको छ
जो छ कतै प्रेम गर्न मजबुर नभएको

मेरो नजिक सरिदेऊ माया गरिदेऊ
म पनि हुँ मायाले चकनाचुर नभएको

गजल २,
आक्रमण भो भने लगातार आँखाबाट
बुझ्नू उसले दियो असीम प्यार आँखाबाट

भेट भैदिन्छ जब कतै बाटोको छातीमा
हुन्छ उनको मेरो नमस्कार आँखाबाट

आणविक अस्त्रले सुसज्जित थियो त्यो वैरी
युद्धको भूमिमा भयो हार आँखाबाट

देश, आमा,बुवा अरू को छ बस्ने मान्छे
हेर मिल्ला केही समाचार आँखाबाट

***

प्रतिक्रिया

सम्बन्धित खवर