– सुरेशकुमार पाण्डे

“हेर त यो मान्छेको तमास !”- अम्मर माथि बाटोबाटै करायो।
“के भयो हजुरलाई ? किन कराएको आफ्नाबाटै ?”-तलबाट एकजनाले प्रश्न उठायो।
“बाबा हजुर पनि नी ! हिंड्नुहोस् ति मानिसहरू ठिक लागेनन् मलाई।”-सात वर्षिय छोरी नमिताले अम्मरलाई तान्दै भनि।
“ओहो छोरी किन डराएकी ? म लड्न जादैन चिन्ता नगर।उनीहरूलाई हेर त कति ठुलो पाप गरिरहेका छन् । बिचरा पशुलाई पनि दुख्दो होला ।”- अम्मरले आफ्नी छोरीलाई सम्झाए।
“उहाँहरू साना त हुँनुहुन्न नि हजुरले सम्झाएको मानेनन् भने ?”-नमिताले आफ्नो बाबालाई सम्झाउँन थाली ।
“हिँड, तल गएरै उनीहरूलाई सम्झाउँला । अम्मर र छोरी नमिता दुबैजना तल पुगे, जहाँ केहिरी मानिसहरू उभिएका थिए।

“होइन हजुर हामी त मानिस हौँ हाम्रो बिवेक हुन्छ। यो त बिचरा पशु हो यसलाई यसरी किन हत्या गराएको ?” -अम्मरले भने ।

“सर गोठमा आगलागी भयो त्यो आगलागीमा यो धेरै पोलिएको थियो । गर्भवति पनि छ । यस्तो दुःख हामीले देख्न सकेनौँ । कयौँ दिनसम्म पालेपनि यो बाँच्दैन । त्यसैले यसलाई सजिलो हुनेगरी मारेर सतगत गर्दै छौँ ।” -उक्त भैँसीको मालिकले भावुक हुँदै भन्यो । मालिकको कुरा सुनिसकेपछि अम्मरले उक्त भैँसीलाई नियाल्छ। भैँसी धेरै जलिसकेको थियो ।
“धन्यवाद भाइ ! मैले तिमीलाई सम्झिनमा
भुल गरेछु। पापी मनले सही र गलतलाई ठम्माउँन सकिन । बरू तिमीले धर्मको काम गर्यो ।”- अम्मरले मालिकलाई धन्यवाद दियो र हिंड्यो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर