– मानन्धर अभागी

१,
म मरें भने पनि  तिमी चैं नरूनु
साथ नभए  नि  विचलित नहुनु

रिति रिवाजले हाम्लाई छुटाईयो
विभेद गरी हाम्लाई अलग्याईयो
तिमीले कहिल्यै दिल नदुखाउनु
साथ नभए पनि विचलित नहुनु

यस्तै  भयो  हेर  भाग्यले  ठग्यो
विना कसूर आज खोसेर लग्यो
ओइलाएर तिमी हेर नसुस्ताउनु
साथ नभए  नि  विचलित नहुनु ।

२,
यो  जिन्दगीमा नआउ तिमी
भयो पुग्यो प्रित नलाउ तिमी

विगत  त्यो  सम्बन्ध भुलिदेउ
तिम्रो  यो  नासो  फिर्ता  लेउ
व्यर्थै   मलाई  नचलाउ तिमी
भयो पुग्यो प्रित  नलाउ तिमी

झुठा  भरोसा  किन  दिलायौ
मलाई  रुवाएर भन  के पायौ
जलेको  मन  नजलाउ  तिमी
भयो पुग्यो प्रित  नलाउ तिमी ।

***

 

प्रतिक्रिया

सम्बन्धित खवर