– राजन ग्याल्दाङ् घले

धेरै समयपछि चुनावको लागि गाऊँ पुगेका नेता अम्बरेले टोल गल्लीहरूमा हात जोडेर जोरसित भोट मागे ।
बस्ती घुमिसकेपछि ऊ कार्यक्रम स्थलमा पुगे । मह मिश्रित भषण दिन थाले ।अघिल्लो चुनावमा जनसागर थिए। तिनैको बहुमतले संसद् छिरेको थियो । मन्त्री पट्काएको थियो ।त्यस बखत मन्त्रीले तन्त्री लाएर बङगला पनि उठाएको थियो । यसपटक आँखा अगाडि केटाकेटी बुढाबुढीको बहुसङ्ख्या परेपछि जनमाझ प्रश्न गर्यो ।
“ युवाहरू खोइ ? युवाहरू चाहियो ! उनीहरूविना देश बन्दैन  ।”
“दर्शकहरू चुपचाप थिए ।”
“फेरि अर्को आवाज चर्कायो, यही आउदो चौरासीमा पनि मलाई जिताउनुस् ? यस ठाऊँसम्म कालोपत्रे,पानी,बिजुली,उपचार,शिक्षा सबै ल्याइदिन्छु युवाहरूलाई पनि छानी-छानी रोजगारको व्यवस्था हुन्छ लु पक्का भो ।”
एक स्थानिय शिक्षकलाई नेताको कुराले जुरूक्क उढायो र बोल्न बाध्य बनायो ।
‘तिमी नेताहरूको अनुत्तरदायीका करण सबै युवाहरूले देश छाडे, उर्वरभूमि सबै टुहुरो बनाए । अहिले मेलापर्म मुर्दा लाने मलामीधरि पाउदैन !’
‘कच्ची बाटो त ल्याईदिन नसक्नेले कहाँबाट कालोपत्रे ल्याउछ्यौ ? ‘
“ पानी,बिजुली,स्वास्थ र शिक्षाको कुरा गर्दै नगर छेपारे ?
खानेपानीको पाईप दे ! भन्दा बजेट पुगेन भन्नेले, र उज्यालोकर्तालाई निमोठेर अध्यारोकर्तालाई भित्र्याउनेले, टाउको दुख्नेबेला सिटामल नदिनेले !  अनि कुन शिक्षा दिन्छौ भन ? आफ्नो सन्तानलाई बिदेशी शिक्षा दिनेले।”
गरिबको पेटमा लात हान्यौ ! युवाले गरीखाने कारखाना जत्ति सबै बन्द गर्यौ ! देशमै बस्न चाहानेहरूलाई बस्न नदिनेले के को रोजगार दिन्छौ ? बलवान युवाजत्ति विदेश भागे बाकी बच्चाबच्ची बुढा-बुढी मात्रै छन् ।पुरै गाऊँ रित्तिसक्यो ।
अबदेखि हाम्रो नजरबाट तिमी जस्ता भ्रष्टा नेताहरू बाहिष्कार गरेर निर्मूल पारिसकेका छौँ । शिक्षकले कठोर विरोधकासाथ भावुक हुदै आक्रोस व्यक्त गरे ।

***

प्रतिक्रिया

सम्बन्धित खवर