
– जमुना घिमिरे
गजल १,
थाहा छैन के के हुन्छ पर्दा पछाडि
आफ्नै मान्छे जाल बुन्छ पर्दा पछाडि
मर्द हौ आँसु झार्नु, हुन्न भन्ने मान्छे
डाको छोडी आफैं रुन्छ, पर्दा पछाडि
तिमी बिना एकपल जीवन हुन्न भन्नेले
जीवनसाथी अर्कै चुन्छ, पर्दा पछाडि
धन भन्दा मन ठुलो, तर्क दिए पनि
यथार्थले सबलाई छुन्छ, पर्दा पछाडि
गजल २,
बिहान भेट्दा, परी भन्छौ
साँझ छुट्दा, चरी भन्छौ
मायाले सुम्सुम्याउँछु म,
ओइ के के, गरि भन्छौ
ठान्छौ कहिले सिस्नुजस्तै
कहिले सुनाखरी भन्छौ
मेरी मनकी रानी तिमी
यस्तै नानाथरी भन्छौ
कहिँ गकै छैन म त,
अन्तै बसाई सरी भन्छौ
***
प्रतिक्रिया
-
४