– सनत रोकाय बिवश

गजल १,
तक्दिरमा लेखेर जन्मियौं भाग्यमानी भएर।
दुःख  पीडा  के थाहा  महलकी  रानी भएर।

म आगो  थिए  म सँग डराउँथ्याे  हर  थोक,
तर म  तिमीसँग  डराउँछु तिमी पानी भएर।

बा आमालाई  छोड्न सजिलो छैन् महोदय,
देश  छोड्न  त  सजिलो छ राहदानी भएर।

मेराे मन्दिर  खाली तिम्रो  भट्टीमा घुइँचो छ,
तिमीसँग दुनियाँ  लोभ्याउने  जवानी भएर।

म घैलाको पानी थिए रित्ताइदियो गिलासले
तिमी कहिल्यै रित्तिएनौ मूल र खानी भएर।

गजल २,
तिमीले  चाहेजस्तो  हुँदैन  अब  घर  फेरियो ।
मन  मर्जी   गर्न   पाइँदैन  अब  डर  फेरियो ।

माइती घर  छोडेर  पराइको  घरमा गएपछि,
छोरीको  नामको  पछाडी अब  थर फेरियो ।

अरूकै भरोसामा थियौ  हिजो माइतीमा हुँदा,
आज  आस  तिम्रो  गर्छन्  अब भर फेरियो।

वरको बिरुवामा पिपलको कलम लगाइदिए
हेर्दाहेर्दै  आँखा   अगाडी  अब  वर  फेरियो ।

फक्रिएको  थियो मलिलो  माटोमा उम्रिरहँदा,
उखाले पछि हरियो  देखिने अब खर फेरियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर