
– रामचन्द्र शर्मा
१
तिम्रो त भगवान पनि ढुंगामा भेटिन्छन्
मेरो त घरमा साक्षत बाआमा भेटिन्छन्
प्रेममा जित्नेहरूको निशानी भेटिन्न बरु
हार्नेहरू त कविताको पानामा भेटिन्छन्
मान्छेहरुको नि आ आफ्नो ठाऊ हुन्छ यार
कोही मुटुमा अनि कोहि आँखामा भेटिन्छन्
ओरालो लागेपछि जरुर गति बढिहाल्छ
अस्तिका अमिर आज सुदामा भेटिन्छन्
अप्ठ्यारोमा टाढिएका यी मेरा यारहरु
गोजी बलियो भएको नै बेलामा भेटिन्छन्
२
भुलेर यो सारा संसार कुनैबेला
गरेको थें तिम्लाई प्यार कुनैबेला
अहिले पो सम्झिनै बिर्सियौ तिमीले
खुब गर्नेथियौ याद बारम्बार कुनैबेला
यही सोचेर घाईते दिल लिई बाचेको छु
होला यसको पनि उपचार कुनैबेला
अहिले कुल्चनेलाई सोध्न मन थियो
किन गर्थ्यौ ज्यू नमस्कार कुनैबेला?
जाँदा जाँदै कमसेकम फिर्ता गर्नुपर्ने
मुटु दिएको थिएँ उपहार कुनैबेला
***
प्रतिक्रिया
-
४