
-गणेश राेकाय
मुक्तक १
जन्म मृत्यु घरिघरि हुन सक्दैन
कुनै मान्छे अजम्मरि हुन सक्दैन
घाेटालाकाे सम्पति किन थुपर्छाै
यमलाेकमा तस्करी हुन सक्दैन
मुक्तक २
कतै भिख कतै भेटी चन्दा हुनसक्छ
कसैलाई मागी खाने धन्दा हुन सक्छ
म त काम गरेर पसिना बगाउने मान्छे
मेरो जिउमा पसिनाको गन्ध हुनसक्छ
मुक्तक ३
कहिले हाँस्नु कहिले रुनु यही त जीवन रहेछ
जमिन टेक्नु आकाश छुनु यही त जीवन रहेछ
हुँदा खाँदा सबै हुन्छन् पराई पनि आफ्नै जस्तो
हाे केही नहुँदा काेहि नहुनु यहि त जीवन रहेछ
मुक्तक ४
अन्धकार चिरी सितल जुन बनेर आउनु
बिरहको भाका गाउने धुन बनेर आउनु
तस्करले धन्दा गर्ने सुन चाँदि भन्दा पनि
कर्णालीमा अभाव छ है नुन बनेर आउनु
मुक्तक ५
हल्का बादलले पनि भारि असिना बर्साउन सक्छ
कहिलेकाहीँ आफ्नै छायाले पनि तर्साउन सक्छ
जिवनमा सफल छन् कैयौँ हातै नभएका मान्छेहरु
के हातको रेखाले मान्छेको भाग्य दर्शाउन सक्छ?
प्रतिक्रिया
-
४