– ममता मृदुल

“हाम्री छाेरी कलाले धनि काठमाडौंमा घर भएकाे व्यापारी केटासँग बिहे गर्ने भएकोले निम्ताे दिन आएकी दिदी भाेलि टिकाेटालाे छ । तीन दिन हाेटल बुक गरेकाे छ । मन्दिरकाे धर्मशालामा हैन नी पाँच तारे हाेटलमा हाे । लुगा छैन हाेला । गहना लुगा चाहिए भरे लिन आउनु हाेला ,” भनेर गीता फर्किन ।
निसुले आमाकाे हात समातेर भित्र लगिन् ।
“आमा जे छ त्यही लगाएर जानुस मागेर लगाएको धन, धन हैन ।” भनिन
एक्कासि भूकम्प आयाे । ऋण लिएर बनाएको महल जस्ताे घर खण्डहरमा परिणत भयाे । डेरामा सरेको केही समय बितेको थियाे । काेराेनाकाे कहर सुरु भयाे । दुई वर्षको कहरले कलाकाे श्रीमान् , सासूससुरालाई पनि लिएर गयाे। मात्रै ऋण कलालाई छाेडेर गयाे ।
आमा हेर्नुस् त काे आउनुभएको छ । निसुले आमालाई बाेलाउँदै घरभित्र पसिन् ।
“गीता ” आमाले छक्क पर्दै भनिन् ।
” निसु हैन याे गीता कति दिन बस्छे ,” एक दिन आमाले साेधिन्।
आमा दु: ख परेकाे मान्छेलाई सहयाेग गर्नु धर्म हाे भनेर सिकाउनुभएको बिर्सनु भयाे । अनि किन काकीकाे पीडा बुझ्नु हुन्न? पहिले काकीकाे बुद्धि पुगेन । छाेराबुहारीले हेला गरे । वृद्ध आश्रम पुगेकी मान्छेलाई मैले भेटेर ल्याएकी हाे । अब समय बदलिएको छ, तपाईं पहिलेकी काकी नबन्नु नी नत्र ।

***

प्रतिक्रिया

सम्बन्धित खवर