– अमर सन्तती

१,
तर्छन् बरु सात  समुन्द्र र  रम्छन्  बालुवा  खानीमा
बस्दैनन् सानालाई ठूलाले खाने आफ्नै राजधानीमा
समयले  सिकाउँछ  तिनीहरुलाई पनि जिउँने उपाय
हैर्दै जानुस् महोदय माछाहरु पौडिदैनन् अब पानीमा

२,
यो जिन्दगी नै बेछन्द छ अचेल
मस्तिष्क नै मन्दमन्द छ अचेल
भावनाको मसी सुकेर हो कि !
दौडिने कलम नै बन्द छ अचेल

३,
विद्रोह लेखुँ सत्ता पक्षको विरोधी भन्लान्
विकृति लेखुँ समाज भडुवा क्रोधी भन्लान्
जे लेखे पनि आरोप अपजस खेप्नु नै त छ ,
विरह लेखुँ प्रेममा असफल बिजोडी भन्लान् ।

४,
अँध्यारो मन पराउनेले बिहानदेखि पनि डराउँछ
लाससँग  डराउनेले  चिहानदेखि  पनि  डराउँछ
कमजोर मानसिकताको त्यो स्वार्थी झुण्ड सधैँ
अरुको लोकप्रियता र सम्मानदेखि पनि डराउछ ।

५,
हरेक अप्ठ्यारामा  तिमी  थियौ
सान्त्वना सहारामा तिमी  थियौ
आज त म एक्लो छु प्यारो मान्छे ,
हिजो त्यो अँध्यारामा तिमी थियौ

***

प्रतिक्रिया

सम्बन्धित खवर