– नन्दलाल आचार्य

“के यो सङ्घ पनि एउटा शक्तिको खेलौना हो ?” नन्दु साहले हल भित्र पसेलगत्तै सोधे ।

सौरभ गेलालले हल्का हाँस्दै भने, “साहित्य सधैं स्वतन्त्र हुन्छ, संगठनले त्यसलाई दिशा दिन्छ ।”

“तर दिशा कसले दिन्छ ?” नन्दुको स्वर गम्भीर थियो ।
“हामी लेखकले !” सौरभले दृढता देखाए ।

नन्दुले सूची हेरे, नामहरू पढे, अनि हल्का मुस्कुराए र मनमनै भने “तिमीहरू जस्तै ?”

कार्यक्रम हल एकछिन स्तब्ध भयो । कोही मौन मुस्कुराए, कोही झसङ्ग भए ।

त्यही बेला कथनरिझन यादवले उठेर भने, “सङ्घ विचारको मञ्च हो, व्यक्तिको होइन ।”

नन्दुले कुर्सी पछाडि धकेल्दै भनिदिए, “जब लेखनी स्वतन्त्र छैन, सङ्घ स्वतन्त्र कसरी रहन्छ ?”

सबै निस्तब्ध भए । बैठक अघि बढ्यो, निर्णयहरू भए । तर नन्दु साह भने ढोकाबाट बाहिरिइसकेका थिए ।

सबैको मनस्थितिमा चट्टान भएर बस्न लागेको नन्दु आवाज हलभरि गुन्जिरहेको थियोे, “जब साहित्य विचारको होइन, शक्तिको हतियार बन्छ, तब लेखक कलमको होइन, कुर्सीको दास बन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर