
– राजेश स्पन्दन
भौतारिएर गल्ली-गल्ली,
चहार्दै कुनाकाप्चा,
केही पाउने आशमा दौडिरहेको जिन्दगी
पाएर गुमाएका पलहरु ।
उकाली ओरालीका अत्यासलाग्दा गाथा
जिन्दगीसंग मिलेको कथा
उचाइमा रमाउदै उडेको मनका अनगिन्ती तृष्णाहरु
मनभित्रै चिहान बनाएका रहरहरू
फेरि त्यही बादल नियाल्दै बर्षाको कल्पना
मडारिएर धुलोमुस्लोमा गुम्सिएका भावना
कथोकल्पित प्रेमको आभास
मात्र भ्रम होला यो उन्नतीको प्रकाश
दाँजेर ऊसँग मेरो औकातलाई
फेरि दम्भ किन छ यो मनलाई?
भो नगरौं प्रेम त्यो लाछीसँग
म नै सर्वेसर्वा हुँ भन्ने हठीसँग
मात्र एक पल काफी हुनेछ,
मस्तिष्क टुट्नेछ
अनि विस्फोट हुनेछ- यो भ्रमको ।
प्रतिक्रिया
-
४