
– अवतार ढकाल
`तैंले लेखेका लघुकथाहरू प्राय: पढेको छु । आज चाहिँ एउटा लघुकथा वाचन गरेर सुना त ! सुन्दा कस्तो हुँदो रहेछ ? ´ धेरै पछि भौतिक भेटघाट भएको साथीले केही क्षण गफिए पछि भन्यो ।
साथीको अनुरोध पश्चात् मैले एउटा आफूलाई निकै मन पर्ने लघुकथा सकेसम्म हाउभाउ सहित वाचन गरें । र उसको प्रतिक्रिया बुझ्न उतिर हेरें ।
` कथा राम्रो लाग्यो । वास्तविकता जस्तो लाग्ने । खासै काल्पनिक चाहिँ लागेन है ।´ उसले भन्यो ।
मलाई आफैंलाई चाहिँ यो कथा निकै नै काल्पनिक र यथार्थ भन्दा धेरै टाढाको भन्छ भन्नें लागेको थियो ।
` यार यो चाहिँ पुरै काल्पनिक कथा हो मैले लेखेका मध्ये ।´ मैले भनें ।
` अहिले पार्टीहरूले धमाधम सार्वजनिक गरेका चुनावी घोषणा पत्र पो यो भन्दा बढी काल्पनिक र अबास्तविक छन यार ।अनि कसरी यसलाई अवास्तविक भन्नु ?´ उसले भन्यो ।
-***
प्रतिक्रिया
-
४