आँगन

– सुस्मिता नेपाल
उसको मनबाट निस्कियो
स्नेहको नदी
ऊ एउटा छेउ
म अर्को
नदीभित्र बग्ने स्नेहको पानीले
एक अर्कामा छोइँदै छोइँदै
बग्दै बग्दै आइरहेछौँ
पवित्र प्रेमको तरङ्गहरूमा
समयको आँखामा उभियौँ हामी
आकाश हामीभित्रै पस्यो
इन्द्रेनी हाम्रो मन भएर
टाँगियो जताततै
मेरो मन इन्द्रेनीको
सातै रङ भयो
तिनै रङहरूभित्र
उसको मन बग्यो मै भएर
उसको मनबाट निस्कियो
स्नेहको नदी
***
प्रतिक्रिया
-
४