
कवि – मुन छाङगिल
चित्र कोर्ने पाँच वर्षीय ख्यरे नानीको रूचि
गाङनाम स्टाइल गाउने पप गायक साइ प्रति मात्र
टाँसिएर रहने
साथै चित्रको हरेक रूपरङ्ग
साइकै नाचको चाल जस्तै हुने
नानीलाई बाआमाको अनुहारमा कुनै रूची छैन
त्यही अनुहार कोरिदेउन भन्दा पनि कुनै भाव भङ्गी छैन
जे होस नानीको कृतिलाई उत्कृष्ट भन्नु पर्छ
चित्र कोर्ने व्यस्त कलाकारको पनि
चित्रकथा कोर्न अभ्यस्त चित्रकारको पनि
इतिहासका पिकासो नै हुन वा थानवन उपनामका
प्रसिद्ध कोरियाली चित्रकार किमहोङदोको पनि
प्रशंसनीय कल्पना शक्ति त्यही नानीभित्र लुकेको छ
साँच्चै, नानीको सौन्दर्य चेतना अदभूत छ
स्वतन्त्र टच र स्ट्रोक
अनि रहस्यमय रङ्ग
जे होस नानीको विलक्षण चित्रको विषय नै
गाङनाम स्टाइलको साइमात्र हो
हिजो र आज उस्तै छ
भोलि पनि त्यस्तै हुनेछ
नानीको लागि साइको नाच साँच्चै नै गहन छ
नाचको हरेक चाल सम्झने त्यो नानीको
चित्रका गुरु अनि नाचका गुरु कोही छैनन्
उसका सामग्री कम्प्युटर र फोन मात्र हुन्
अनि गायक साइ एक मात्र रोल मोडेल हुन्
ख्यरेको चित्र कोर्ने क्रम पनि प्रबुद्ध छ
साइको चित्र कोर्दा गोडाको चाल देखि सुरु हुन्छ
र माथि माथि जान थाल्छ
विभिन्न भाव भङगीको साइको अनुहार पनि अचम्मकै छ
साथै ठोस र यथार्थपरक पनि छ
त्यसैले त यो बाल चित्रकारको चित्रको शिर्षक
स्वतन्त्रता नै शान्ति हो
एउटा अरण्य अभिव्यक्तिको शिर्षक
स्वतन्त्रता नै शान्ति हो
स्वतन्त्रता नै शान्ति हो ।
***
अनुवाद – मोहन कार्की
प्रतिक्रिया
-
४