– बालकृष्ण गजुरेल 

“ओहो ! इन्जिनियर बाबू आउनु भएछ ।” रमण बोले ।

“होइन,  पहेँलो बस्त्रमा देख्छु । माग्ने त होइन ? ” रमणको श्रीमती दोधारमा परिन्  ।

उक्त मानव चित्र नजिक आएर ट्क्क उभियो । उनीहरुले परैवाट चिने ।  शरीर धपक्क बलेको थियो । देख्ने जति सारा चकित हुन्थे । नेताकै छोरो थियो । खरवौँको सम्पत्ति थियो ।  नोकर चाकरहरु टनाटन थिए । तर युवक भने  योगी बस्त्रमा थियो । न उस्लाई कसैको मतलब थियो । न धन सम्पत्ति माथि  कुनै चासो नै राख्थ्यो ।  बिहान उठेर योग गर्थ्यो । उ आफैसँग जोडिन्थ्यो । खुशी भएर श्वास तान्थ्यो । टन्न पानी पिउँथ्यो । घाममा बसेर पढ्थ्यो । सोच मग्न भएर केही लेख्थ्यो ।  आफ्नो कला र सिर्जनालाई जीवित राख्थ्यो । र  आफ्नै मेहनतमा बाँच्थ्यो ।

“यो बहुलायो । काम नलाग्ने भयो । इन्जिनियर पढाउँदा पनि काम लागेन ।”  रजतलाई युवकको बा आमाले  माथि छतबाट  चिनाए ।

नेता माग्ने । शाषक माग्ने । कलाकार माग्ने । पत्रकार माग्ने । राजनीति परिपाटी माग्ने ।  साहित्यकारहरु प्रतिष्ठान खोल्थे । सदस्य बनाउँथे । सदस्यताको लागि पैसा माग्थे ।  मिडिया र न्याय प्रणालीको कुरा नै गर्न पर्दैनथ्यो । प्रहरी प्रशासनले पैसा नभए नौ बिंगा लगाउँथ्यो । जसरी पनि माग्थ्यो ।  सबैका हाल उही नै थियो । समाजमा कुनै निर्माण थिएन । न सिर्जना नै थियो । वरिपरिका बिषयवस्तु  सरसर्ति सम्झँदा रमण दंग परे ।

एक्कासी रमणले भने, ” हजुरको छोराले ठिक गरेछ ।”

“हामीसँग  के छैन ? सबै छ । तिमी भन- खरबपतिको  छोराले कसरी ठिक गर्यो ? ” रमणलाई प्रश्न आइपर्यो  ।

रमणले सत्यता खोल्दै भने, “माग्नेको छोरो पहिलो पटक मालिक पो बनेछ ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर