– जानकी छेत्री
चुनौतीलाई पार गर्नु नै जीवन हो
अप्ठ्यारो बाटोमा हिँडेर पनि
ओठमा मुस्कान राख्नु जीवन हो।
सजिलो र सुविधाभित्र जीवन के बुझ्न सक्छौं!
अप्ठ्यारो र चुनौती भित्रै जीवनको मूल्य बुझिन्छ।
सजिलो बाटो हिँडे पनि
जीवन त सकिने नै हो।
जोगाएर, सम्हालेर राख्दा के
जीवन बाँचिरहने हो?
सजिलोमा मात्र बस्दा जीवनको आनन्द आउँदैन।
बिघ्न बाधालाई चुनौती दिँदा,
सङ्घर्षको पसिना चुहँदा,
थाकेर बिसाउँदा,
लामो सास लिँदा,
कति गहिरो आराम मिल्छ,
कति शान्ति, कति आनन्द आउँछ।
त्यतिबेला लाग्छ—
वा! जीवन त यही हो।
जीवन यस्तै हो।
जीवन मज्जा हो।
सङ्घर्ष बिनाको जीवन के जीवन?
सङ्घर्ष बिनाको यात्रा! यसको कहाँ लक्ष्य?
सङ्घर्ष नै मित्र अद्भुत अनुभव
सङ्घर्ष नै समय अलौकिक आनन्द!
त्यसैले
सजिलै निस्किनै पर्छ
जीवनलाई सार्थक बनाउनै पर्छ
सुखानुभूतिको मुल्य सङ्घर्ष मै छ
यसलाई हामीले मृत्युसम्म डोर्याउनु नै पर्छ।
***
प्रतिक्रिया
-
४