– थेबा

गजल १
म जल्दै गरेको धुँवा तिम्रो नजरसम्म पुग्यो!
लाग्यो बाटो बिर्सिएको बटुवा घरसम्म पुग्यो!

क्रान्ति निश्चित आउनेछ पुँजीवाद विरुद्ध
एक अन्जान सर्वहारा , शहरसम्म पुग्यो ॥

बालुवाको घर बनाउदै थिए किसानका बच्चाहरु
त्यहिबेला नदि बौलाएर आयो बगरसम्म पुग्यो!

बिस्तारै बड्दै जानेछन यस्ता शृङ्खलाहरु!
बल्ल यि आखा प्रेमिकाको अधरसम्म पुग्यो॥

जीवन बदल्ने उदाहरण यसरि पनि लिउँ!
आकार लिन फलाम घनको ठक्करसम्म पुग्यो।

गजल २
जताततै  लथालिङ्ग  छ  यता पनि उता पनि।
विरक्त लागेर आउँछ यार देश सम्झिदा पनि॥

पशु मार्नेलाई कारागार मान्छे मार्नेलाई माफी
सरकार! बन्नु हुन्न थ्यो यतिसम्म घटिया पनि

हजुर पो टाउको दुख्दा पनि सिंगापुर पुग्नुहुन्छ
बाटोमै जन्मिन बाध्य छन् सुदूरमा बच्चा पनि॥

मोबाइल टिभी खेलौना बन्यो अचेल नानीबाबुको
बाले हलो बनाई दिन्थे हाम्रो त खेलौना पनि॥

शासकहरुले बलात्कार गर्दै, प्रमाण लुकाइ रहे
छोरी, निर्मला जस्तै  भइन् नेपाल आमा पनि॥

प्रतिक्रिया

सम्बन्धित खवर