– दीपक समीप

शारीरिक  तन्दुरुस्तीकोलागि बिहान  एक डेढ घन्टा हिड्ने मेरो बानी छ। यो मेरो वर्षौंदेखि चलिरहेको नियमित  कार्य हो।त्यसै क्रममा एकदिन बिहान हिंड्डुल गरेर  घर के आइपुगेको थिएँ , सयपत्री फूल र ग्रीन प्लान्ट  बिच  शास्त्रार्थ चलिरहेको रहेछ ।

सयपत्री  फूल  –  तिमीले कहिल्यै घामको मुख देख्न पाउँदैनौ हगि! हामी त जाडोमा कति पहार ताप्छौं।

ग्रीन प्लान्ट –  बर्खामा  असिनापानीको चोट खाएर छियाछिया पनि त बन्छौ नि! हामीलाई त हाइसुख छ।

सयपत्री फूल – संघर्षले त बलियो बनाउँछ नि। त्यही भएर त तिमी कमजोर छौ।

ग्रीन प्लान्ट – अनि के भो त ! जे जस्तो भए पनि हामी  त मालिकको बैठक कोठामा ठाँटले  बस्न पाएका छौं । तिमीलाई सधैं करेसा बारीमा  बस्न परेको छ।

सयपत्री फूल –  करेसा बारीमा भएर के भो त ! आस्थाले मन्दिरभित्र पुग्ने  हामी नै हो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर