मिलन समीर नेपाली कवितामा एक चिपरिचित नाम हो मिर्मिरे बिहानीशीर्षकको कविता मार्फत साहित्यमा प्रवेश गरेका उनकोमिलन समीर मिलन समीरहरु शृङ्खला कविता  सङ्ग्रह सार्वजनिक भएको छ। यसै सङ्ग्रहको सरोफेरोमा रहेर सम्पादक जीवनखत्रीले सोधेका पाँच प्रश्न जवाफ :

१) नयाँ कविता सङ्ग्रहको नाम ” मिलन समीर र मिलन समीरहरू ” राख्नुभएको छ । किताबको नाम नभेटिएको हो कि अल्छि गर्नुभएको हो ? वा कविलाई आफ्नै नाम प्रिय लागेको हो ?– यो कविता कृतिको नाम ” मिलन समीर र मिलन समीरहरु ” नै राखिनुपर्छ । किन राखिनुपर्छ ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ यो कविता कृतिभित्र समावेश गरिएका कविताहरुले नै दिनेछन् भन्ने कुरामा म ढुक्क रहेको छु । त्यसैले नयाँ कविता सङ्ग्रहको नाम ” मिलन समीर र मिलन समीरहरु ” नै किन राखिएको हो त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफको लागि यो कविता कृतिभित्र प्रवेश गर्नैपर्छ ।

२, यस कृतिमा के कस्ता किसिमका कविताहरू समावेश गरिएका छन् ? कविताहरूको भीडमा यस कृतिका कवितामा के फरकपन ह‍ोला ?
– यो शृङ्खला कविताहरुको किताब हो । यस कृतिमा दुई दशकको समयावधिभित्र लेखिएका ” मिलन समीर र मिलन समीरहरु ” शीर्षखण्ड अन्तर्गत १८ वटा शृङ्खला कविताहरु, ” पर्खाइमा ” शीर्षक अन्तर्गत ४ वटा शृङ्खला कविताहरु, ” यतिबेला ” शीर्षक अन्तर्गत ३२ वटा शृङ्खला कविताहरु, ” दृष्टिभ्रम ” शीर्षक अन्तर्गत २ वटा शृङ्खला कविताहरु, ” दुर्भाग्य ” शीर्षक अन्तर्गत ५ वटा शृङ्खला कविताहरु, ” विडम्बना ” शीर्षक अन्तर्गत १० वटा शृङ्खला कविताहरु र ” केही अपवादबाहेक ” शीर्षक अन्तर्गत ५ वटा शृङ्खला कविताहरु गरि जम्मा ७६ वटा समसामयिक युगीन विषयसन्दर्भ र प्रसङ्गहरुमाथि केन्द्रित रहेर लेखिएका अर्थपूर्ण कविताहरु समावेश गरिएका छन् ।
कविताहरुको भीडमा यस कृतिका कविताहरुमा निश्चितरूपमा केही न केही फरकपन छ नै । साच्चिकै के कस्तो किसिमको फरकपन रहेको छ भन्ने कुरा थाहा पाउनका लागि पनि त यो किताब पढ्नैपर्ने हुन्छ नि ।

३, गजल लेखनमा अब्बल भनेर चिनिएको मिलन समीर कविता सङ्ग्रह लिएर आउनुको कारण के होला ? कवितामा भन्न खोजेको कुरा गजलमा भन्न सकिएन ?

– सबैभन्दा पहिले त मेरो गजल सङ्ग्रह पनि प्रकाशनको तयारीमा रहेको छ भन्ने जानकारी गराउछु ।
कविता सङ्ग्रह नै लिएर आउनुको पहिलो कारण त मेरालागि कविता विधा सबैभन्दा प्रिय विधा हुनु हो । दोस्रो कारण म आफू कविता लेखनको सन्दर्भमा एकहदसम्म सन्तुष्ट हुनु हो भने तेस्रो कारण कवि व्यक्तित्वको फराकिलो पाटोको रूपमा मिलन समीरले आफ्नो सुनिश्चित स्थानको खोजी गर्नु पनि हो ।
निश्चितरूपमा कवितामा भन्न खोजिएका कुराहरुलाई गजलको माध्यमबाट मात्रै भन्न अलिक असहज नै हुने रहेछ ।

४, यस सङ्ग्रहभित्रको कुनै एक कविता लेखनको पृष्ठभूमि भन्न मिल्छ भने बताईदिनु न ! जसकारण त्य‍ो कविता लेख्न रहर/कर लाग्यो ।
– यस सङ्ग्रहभित्र समेटिएका ७६ वटा कविताहरु लेखनको केही अपवादबाहेक प्रायः सबैको अलगअलग पृष्ठभूमि रहेको छ । सोही अनुसारको अलगअलग पृष्ठभूमि भएकै कारण यी कविताहरु मध्ये कतिपय कविताहरु लेखौ लेखौको रहर लागेर त कतिपय कविताहरु लेख्नैपर्ने कर लागेर लेखिएका छन् । कुनै पनि कविता लेखनको पृष्ठभूमिको बारेमा पहिले नै खुलस्त रूपमा उल्लेख गरिदिने हो भनेदेखि फेरि उक्त कविता पढ्नुको मज्जा बाकी नरहला कि … ?

५, पाठकले तपाईँको कविता कृति किन पढ्ने ? पढ्ने पाठकले तिरेको मूल्य असुली होला ?
– एउटा युवाकविको रूपमा मिलन समीरले कविताको नाममा के लेखिरहेको छ ? कविता विधाको मुलमर्मलाई आत्मसात गर्दै आफ्नो अलग पहिचान कायम गर्नसक्ने किसिमका स्तरीय कविताहरु लेखेर कविता लेखनको सन्दर्भमा वैकल्पिक बाटो बनाउदै सोही बाटोमा पृथक पाइलाहरु चालिरहेको छ कि … ? अरु कसैले बनाइदिएको मुलबाटोमै अरु कसैका पाइलाहरु पछ्याउँदै लुखुरलुखुर हिंडिरहेको छ … ? भन्ने कुरा बुझ्नका लागि पाठकहरुले मेरो कविता कृति पढ्नुपर्छ । अलिक फरक किसिमका अर्थपूर्ण कविताहरुको अर्गानिक स्वाद लिनकै लागि पनि ” मिलन समीर र मिलन समीरहरु ” शृङ्खला कविता कृति पढ्नैपर्छ ।
पढ्ने पाठकद्वारा तिरिएको मूल्य मज्जाले असुली हुन्छ । यो कुरामा ढुक्क भएरै ” मिलन समीर र मिलन समीरहरु ” शृङ्खला कविता कृति किनेर पढ्न सकिन्छ ।
***

प्रतिक्रिया

सम्बन्धित खवर