
✍️ तारा के.सी.
मुक्तक – एक
सुख शान्तिको पाटो हौ आमा
संम्झि आउने बाटो हौ आमा
मैले फुल्ने सुन्दर फूलबारीको
उर्वर मलिलो माटो हौ आमा ।।
मुक्तक – दुई
जङ्गे पिलरले साँध छेकेको देखियो
छिमेकीले सधै हाम्लाई हेपेको देखियो
बलियो पर्खाल लगाई देश बचाउ सरकार
सिमानामा कति दुस् ख खेपेको देखियो ।।
मुक्तक – तीन
गरिबको घरमा नुन हरायो
नेतामा जनताको गुन हरायो
आत्मादाहा गर्दैछन् प्रेमप्रसादहरू
साँचो आवाजको धुन हरायो ।।
मुक्तक – चार
बुढो शरीर छ काम खोजेर कहाँ पाइन्छ
रावन राज्य छ राम खोजेर कहाँ पाइन्छ
सुस् ख दिन्छु भन्दै उड्यो छोरा अरबतिर
अभाव छ आराम खोजेर कहाँ पाइन्छ ।।
मुक्तक – पाँच
जुनलाई तारा भए पुग्छ
कर्णालीलाई रारा भए पुग्छ
मेरो यो सफरमा तिमी !
हरदम सहारा भए पुग्छ ।।
प्रतिक्रिया
-
४
-
१०