– तारा केसी
अफिसबाट घर पस्नासाथ उनले भने;
सरिता!” आज मैले पुजालाई भेटे नी न्युरोडमा । उनी त पहिलाकाे भन्दा धेरै राम्री पाे भईछिन् । ”
उनले पुजाकाे बढि नै प्रशंसा गर्दै बाेलेकाे सुनेर मलाई कता कता
डर पनि लाग्याे अनि ईष्र्या पनि।
मैले ए…. हाे र ? मात्र भने।
राजीव, पुजा र म कलेजका साथी थियाै। हाम्राे प्रेम हुदाँ भेट्ने बाताबरण पुजाले नै बनाईदिन्थी। म कविता लेख्थे। कविता लेखेर मैले थुप्रै पुरस्कार जितेकाे थिएँ। गुरूहरूले भन्नुहुन्थ्यो ; तिम्ले साहित्यमा राम्राे नाम कमाउने छाै। निरन्तरता दिनु। पुजालाई कविता मन पर्दैन्थ्याे, कविता भन्ने बितिकै नाक खुम्च्याउथी। पछि मेराे राजीवसँग बिहे भयाे। त्यसपछि मेराे लेखन कलामा ब्रेक लाग्याे। मैले कविता लेख्न छाेडे। साहित्यिक गाेष्ठी र पत्रपत्रिकामा कविता पठाउन छाेडे। एक अर्थले म गुमनाम भएँ। पुराना कुरा संम्झदै खाना बनाउदै थिएँ। राजिवले बाेलाए ;
सरिता!
म उनि भएकाे काेठामा पुगे। उनि टेलिभिजन हेर्दै रहेछन्।
मलाई देख्ने बितिकै उनले भने;
तिमीले कविता लेखेर के बन्न सक्याै? ऊ हेरत टेलिभिजनमा पुजाकाे अन्तर्वार्ता आ काे छ। उनी त राष्ट्रिय कवि भईछन्।
पुजाले एकदिन फाेनमा भनेकि कुरा झट्ट संम्झे मैले ;
“बुढाेसँग पारपाचुके भएपछि म पनि कविता लेख्न थालेकाे छु नी!”
***
प्रतिक्रिया
-
४
