
–रविन्द्र बुढाथोकी
गीत १,
तिम्रो ओठमा
जाउन तिम्रा जीवनबाट दु:ख पीडा सबै झरी।
तिम्रा ती ओठहरुमा खुशी फुलोस् सधैँ भरी।
सुख साट्न सबै हुन्छ्न् दु:ख साट्न म भई दिउँला
दुख्दा तिमी आँखाबाट आँसु बनी म बहि दिउँला
चन्द्रझैँ मुहारमा बादल नलागोस् कसैगरी
तिम्रा ती ओठहरुमा खुशी फुलोस् सधैँभरी।
खुशी उत्साह उमंग उम्रीयोस् साउँने मुलजस्तै
रहरहरु फुल्दै जाउँन बसन्तको फूलजस्तै
टाढा भागुन् निराशा आशा डुलुन् वरिपरि
तिम्रा ती ओठहरुमा खुशी फुलोस् सधैँभरी।
जाउन तिम्रा जीवनबाट दु:ख पीडा सबै झरी।
तिम्रा ती ओठहरुमा खुशी फुलोस् सधैँ भरी।
***
गीत २,
तिमी
तिमी नै तिमी देख्छु हेर्दा सारा सेरोफेरो।
छैनौ र पनि लाग्छ तिमी नै छौ साथमा मेरो।
बसेकी छौ मुटुभित्र तिमी नै प्रीय बनी
तिम्रै नाम लिएर धड्किन्छ मुटु पनि
चाहन्छु यो मुटुले तिम्रै नाम लिईरहोस्
प्रत्येक धड्कनले तिम्रै आभास दिईरहोस।
तिमी नै तिमी देख्छु हेर्दा सारा सेरोफेरो।
छैनौ र पनि लाग्छ तिमी नै छौ साथमा मेरो।
यी आँखाले तिमी बाहेक नहेरुन् दृश्य अरु
दृश्य अरु हेर्न खोजे आँखा नै फुटुन बरु
तिमी छोडी अरु दृश्य हेर्ने कुनै चाह छैन
खोज्छ्न् आँखा तिमीलाई किन हो थाहा छैन।
तिमी नै तिमी देख्छु हेर्दा सारा सेरोफेरो।
छैनौ र पनि लाग्छ तिमी नै छौ साथमा मेरो।
***
प्रतिक्रिया
-
४
-
१०