✍️ बलदेव केसी भरिया
सुन्दर सुदुर पश्चिम
सुन्दर अछाम
सुन्दर साँफे
देवताको रङ्ग पोत्तिएका चुचुरा
जीवनको सुगन्ध लुकेको माटो
हरेक प्राणीको जीवन बोकेर
उभिरहेका हरिया पहाडहरू
र त सुन्दर सुदुर पश्चिम
सुन्दर अछाम
सुन्दर मंगलसेन
पहाडहरू
अनादि कालदेखि
निलो आकाश बोकेर
ठिङ्ग उभिएको छ
सेता बादलहरुको फेटा कसेर
क्या सुन्दर सुदुर पश्चिम
सुन्दर अछाम
सुन्दर रमारोशन
दुई पैताला अट्ने गोरेटो
चार पाईला अट्ने घोडेटो
चार पाङ्रा अट्ने फराकिलो सडक
त्यसैले त सुन्दर सुदुर पश्चिम
सुन्दर अछाम
सुन्दर चौखुटे
जीवन दिएर
जीवन दिनको लागि
यही बाटो भएर
बगिरहेको छ
कैलाश खोला, बुढीगंगा
अनि त सुन्दर सुदुर पश्चिम
सुन्दर अछाम
सुन्दर मलेख
गुराँस जस्तै फुलेको जीवन
ऐँसेलुजस्तै पाकेको विचार
थरिथरिका देवताको वासस्थान
जतततै स्वर्ग
सुन्दर सुदुर पश्चिम
सुन्दर अछाम
प्रतिक्रिया
-
४