✍️ रामगोपाल आशुतोष

गजल – १

मन परेपछि पर्यो पर्यो जिन्दगीमा ।
प्रेम गरेपछि गर्यो गर्यो जिन्दगीमा ।।

धर्म, जाति, रूप हेरिन्न रे पिरतीमा
मुटु हरेपछि हर्यो हर्यो जिन्दगीमा ।।

सङ्गै हिँड्छु भनी दुई मुटु जोड्ने
पुल तरेपछि तर्यो तर्यो जिन्दगीमा ।।

चाहे धर्ती फाटोस् या आकाश खसोस्
अघि सरेपछि सर्यो सर्यो जिन्दगीमा ।।

अग्नि साक्षी राखी, मेरो रगतले
स्यूँदो भरेपछि भर्यो भर्यो जिन्दगीमा ।।

***

गजल – २

म हाँस्न चाहन्छु तिमी रुवाउन चाहन्छ्यौ रे  !
कुन जुनीको बदला हो चुकाउन चाहन्छ्यौ रे !!

म नै हुँ त्यो मान्छे हिँड्न सिकाउने तिमीलाई
अब तिमी मलाई नै लडाउन चाहन्छ्यौ रे !!

बिर्सियौ कि तिमीलाई जिताउन म हारेको
जितेपछि आफू मलाई  हराउन चाहन्छ्यौ रे !!

एक्लै थियौ मेरो साथ नछोड है माया भन्थ्यौ
छाती पायौ अर्कै मलाई हटाउन चाहन्छौ  रे !!

प्रतिक्रिया

सम्बन्धित खवर