एकेन्द्र खड्का
थोरै देशको पीर भए, यो हालतमा हुन्थ्यो र देश ?
यी दलहरु गम्भीर भए, यो हालतमा हुन्थ्यो र देश ?
गाउँमा अचेल लास फाल्ने मान्छे पनि भेटिँदैन
देशमै एउटा जागिर भए, यो हालतमा हुन्थ्यो र देश ?
जति यी दोष लाउन र आश्वासन दिन माहिर छन्
त्यति काममा माहिर भए, यो हालतमा हुन्थ्यो र देश ?
भन्सार रोज्ने कमिसन खोज्ने हाम्रा भ्रष्ट कर्मचारी
सधैँ कार्यालय हाजिर भए, यो हालतमा हुन्थ्यो र देश?
रातो रगत बगाएर अनि कति जिउँदोहरु उजाडेर
कठै! बिजयको अबिर भए, यो हालतमा हुन्थ्यो र देश ?
प्रतिक्रिया
-
४