
✍️ विमला विकिरण
गजल – एक
भत्किए नि बिग्रिए नि बाटो जिन्दगीमा
तिमी बाहेक को छ र ? अर्को जिन्दगीमा
आफैँलाई म को हुँ थाहा छैन अझैसम्म
तिमी सोध्छौ म को हुँ ? तिम्रो जिन्दगीमा
इन्द्रेणीका रङ पनि फिक्का भईदिन्छन्
विधुवाको शरीर जस्तै सेतो जिन्दगीमा
म छु र पो, तिमी छौँ, दुनियाँ छ,सृष्टि छ,
अरु के छ ? आफूभन्दा ठूलो जिन्दगीमा
गजल – दुई
रोपिए झै दिलमै छुरा रोईरहेछन्
सम्झेर पुराना कुरा रोईरहेछन्
देश दुख्दा राजधानी रमाईरहन्छ,
दुखेछन् बझाङ बाजुरा रोईरहेछन्
रहर नमेटिदै रङ्ग खोसियो उनको
सिन्दुर पोते रातो चुरा रोईरहेछन्
कस्ले भनिदिए छ आमा ईश्वर हुन्
आज सडकमा टुहुरा रोईरहेछन्
प्रतिक्रिया
-
४
-
१०