✍️ विनोद उदय
आज विदाको दिन – म कतै जान्न ।
कति साथीहरू गए – हिमालको सौन्दर्य हेर्न
कति साथीहरू गए – खोलाको कल्कल सुन्न
कति साथीहरू गए
– प्रकृतिको मनोरमतामा थकानहरू बिसाउन
र फूलहरूको हाँसोमा दुःखहरू बिर्साउन
कति साथीहरू गए
– मन्दिरहरूमा पनि, पवित्रता खोज्न
तर म कतै जान्न ।
आज मसँग
एक हुल केटाकेटीहरु छन्
म उनीहरूकै अनुहार र चञ्चलता हेरीबस्छु ।
उनीहरूको निर्दोष अनुहार भन्दा सुन्दर ठाउँ
र उनीहरूको चञ्चलता भन्दा मधुर संगीत
अन्त कहाँ होला ?
उनीहरूको मन भन्दा पवित्र मन्दिर र
र उनीहरूको हाँसो भन्दा मोहक प्रकृति
अन्त कहाँ होला ?
अँह कतै छैन ।
त्यसैले
आज विदाको दिन – म कतै जान्न
एक हुल केटाकेटीहरू छन्
म उनीहरूकै अनुहार र चञ्चलता हेरीबस्छु ।
प्रतिक्रिया
-
४
