✍️ पुष्पा सुवेदी नेपाल

मुक्तक – एक
आफ्नै बनेर आँखाको नानीमा बस्न सक्छन्
मोहनी जालमा पारेर बाहुमा कस्न सक्छन्
मीठो बोल्दैमा कसैलाई विश्वास गरी नहाल्नू
स्वार्थीहरू काखमा राखेर छुरा धस्न सक्छन्

मुक्तक – दुई
जीवनमा अनेकौं घुम्ती, मोड र उकाली चढ्नुपर्छ
अरू खुट्टा तान्दै गर्छन्, आफू अगाडि बढ्नुपर्छ
सजिलो कहाँ छ र जीवन, जगत् बुझ्नलाई
खोल्नुपर्छ दिव्य चक्षु, अनि आफैंलाई पढ्नुपर्छ

मुक्तक – तीन
आपसी समर्पण र विश्वासको सृष्टि भयो भने
जीवनमा बिना स्वार्थ मायाको वृष्टि भयो भने
सुकेको मूल मात्र होइन, मरुभूमिमा पानी उम्रन्छ
कार्यमा एकता, साहस र अर्जुन–दृष्टि भयो भने

(पुष्पा सुवेदी नेपालको यी मुक्तकहरूले फोटोमा मुक्तक प्रतियोगिताको १०० औं श्रृङ्खलामा सान्तवना स्थान प्राप्त गर्न सफल भएको थियो ।)

प्रतिक्रिया

सम्बन्धित खवर