प्रभा वर्तौला पछिल्लो समयको चर्चित गितकार हुन । स्कुले जीवनमै कविता विधाबाट आफ्नो साहित्य यात्रा शुरू गरेकी उनी गीतबाहेक गजल, मुक्तक, उपन्यासलगायतका विधामासमेत शसक्त कलम चलाउछिन् । वर्तौलालाई साहित्यका अन्य विधाले भन्दा गीतले चिनायो । पहिलो रेकर्ड भएको गजल ‘छ म सँग सबै छ’ गजल गीतले गीतकारको रूपमा चिनायो । अझै धेरै ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्यारे’ ‘तिम्रो मेरो यति धेरै माया बसेको’, ‘खुसीले कुनै पल आँसु खसेको’ र ‘सम्झी सम्झी रुनु छैन पो सानु’ करिब एक वर्षअगाडि बजार तताएको यो गीत अहिले पनि त्यतिकै लोकप्रिय छ ।
थानेश्वर गौतमले सङ्गीत दिएको गीतमा थानेश्वर र शान्तिश्रीको स्वर छ । गीत, सङ्गीत र स्वरको अलवा शब्दका कारणले चर्चामा रहन सफल गीतकार प्रभा बर्तौला हुन् । हाल व्यवसायिक रूपमा गीत क्षेत्रमा लागि रहेका छन्। उनको दर्जनौं गीत बजारमा आईसकेको छ । एउटा कथा, राधा पियारी र भेटेको पहिले चोटिमा गीत बजारमा आउने तयारीमा छ भने गजल सङ्ग्रह र उपन्यास पनि निकाल्ने तयारीमा छन् । उनै गीतकार वर्तौलासँग सहकर्मी मनु विद्रोहीले गरेकी भलाकुसारीको सम्पादित अंश यस्तो छः
तपाईं कविता, मुक्तक र आख्यानमा पनि कलम चलाइरहनु भएको मान्छे अरु विधाले भन्दा बढी गीतले तपाईंलाई किन चिनायो ?
गीतलाई आम साधरण भन्दा साधरण व्यक्तिले तथा जुनसुकै उमेर समुहका व्यक्ति सजिलै बुझ्न सक्छन् यो हरेक मिडियाले सजिलै बजाउन सक्ने हुनाले ।
तपाईंलाई गीत लेख्ने प्रेरणा कहाँबाट मिल्यो ?
मेरो स्वयं रुचि र आफू भन्दा अग्रज गीतकारहरुको गीत सुनेर गीत लेख्ने प्रेरणा मिल्यो ।
गीत अरुले पनि लेख्छन्, तपाईंले पनि गीत लेख्न पर्ने कारण के हो ?
गीतलाई आम जनमासले सजिलैसँग बुझ्न सक्ने भएकोले र मलाई गीत र गजल सबैभन्दा मन पर्ने रुचिको विधा भएको हुनाले ।
गीतको समग्रमा कुन पक्ष राम्रो भयो भने गीत उत्कृष्ट हुन्छ ? ‘फुर्के धागो र छुट्नलाई पो रैछ क्यारे’ गीतमा सङ्गीत राम्रो भएर कि अरु कुन कारणले गीत उत्कृष्ट भयो ?
गीतको शब्द संगीत र आवाज तिनै पक्ष उत्तिकै उत्कृष्ट हुनुपर्छ । फुर्के धागो र छुट्टलाई रैछ क्यारेको तिनै पक्ष उत्तिकै उत्कृष्ट भएको कारणले गीत उत्कृष्ट भयो ।
‘फुर्के धागो र छुट्नलाई पो रैछ क्यारे’ गीतले नै तपाईंलाई चिनाउनुको कारण के हो ?
टिपिकल शब्द लोक शैलीको संगीत अनि उत्कृष्ट आवाज र आम मान्छेको जिन्दगीसँग मेल खान गएको हुनाले ।
गजल सङ्ग्रह र उपन्यास बजारमा ल्याउन छोडेर गीत रेकर्ड गर्न तिर किन लाग्नु भो ?
समग्रमा गीतहरू रेडियो टिभी लगयात युटुबमार्फत स्रोता समक्ष पुर्याउन सहज हुने भएकोले र संग्रह र उपन्यास पनि निकाल्ने सोचमा छु ।
गीतकारले आफैले लगानी गरेर गीत निकाल्छन, आफ्नो युटुबबाट सार्वजनिक गर्छन् गीतको गायकलाई सबैले चिन्छ्न मेला महोत्सव भ्याइनभ्याई हुन्छ तर गीतकार सधैं छायाँ हुन्छन् किन होला ? गीतकार नै गीतको जननी हो । हरेक गीत गीतकारको लागि सन्तान जस्तै प्रिय हुन्छ र एउटी जननीलाई आफ्नो सन्तान चर्चित हुदा गर्व लाग्छ। मेला महोत्सवमा गीतकार लाई स्थान दिएर बोलाएको पनि हुदैन र गीत लेखनलाई व्यवसायीकरण गर्न नसक्नु पनि एक कारण हो जस्तो लाग्छ ।
तपाईंले लगानी गरेर गीत निकाल्दा माथिको जस्तो समस्या भोग्नु परेको छ कि छैन, गायक जस्तै गीतकार चर्चित हुनलाई के गर्नु पर्ला ?
गीत लेखनलाई व्यवसायी बनाउन जोड दिने । बिभिन्न मेला महोत्सवमा गायक गायिकालाई झैँ स्थान दिएर र हरेक गायकले गीत गाउनुअघि आफुले गाउने गीतको गीतकार र सङ्गीतकारको परिचय दिने गर्नु पर्छ।
साहित्यमा लागेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ? साहित्यमा राज्यबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
अहिलेसम्म त साहित्यमा लागेर जिविकोपार्जन गर्न एकदम असज छ । न्यायोचित नियति बनाई कार्यान्वयन गर्नुपर्छ।
तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
नेपाली भाषा साहित्यको सधैं सम्मान र संरक्षण गरौं नेपाली लोक सङ्गीतलाई माया गरौं ।
प्रतिक्रिया
-
४
