काठमाडौँ – हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली भाषामा प्रकाशित भएको छ।

टर्कीस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवादगरि प्रकाशन गरिएको छ। यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्।

यस कथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फूलदानी मर्मतदेखि लिएर झ्याल, भित्तो, सिलिङ हुँदै सारा घर नै मर्मत गरिछाड्छ किनभने ऊ मर्मत गर्न सिपालु हुन्छ । तर मर्मत गरिएको कुनै सामान र वस्तु पहिला जस्तो दुरुस्त हुँदैन।

मर्मत गर्ने क्रमलाई निरन्तरता दिँदै त्यो मान्छे समग्र देश नै मर्मत गर्न भ्याउँछ।तर केही समयपश्चात सम्पुर्ण देश नै उसकै अगाडी भत्किन्छ।

सात वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तक बारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर