द. कोरिया – नेपाली भाषा-साहित्य, कला र संस्कृतिको उत्थानमा लागि परिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले विश्वका विभिन्न देशमा रहनुभएका नारी स्रष्टाहरूलाई एकत्रित गर्दै भर्चुअल रचना वाचन सम्पन्न गरेको छ।
अनेसास कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारांगको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा साहित्यकार डा.रेणुका सोलुको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिको रुपमा विगत लामो समयदेखि नेपाली साहित्यमा योगदान गर्नुभएकी सुविख्यात कवि/ साहित्यकार शकुन ज्ञवाली हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथि एवम् विशेष अतिथीले नेपाली साहित्यमा नारी स्रष्टाहरूको योगदानलाई स्मरण गर्दै नारी हक हितको कुरा भाषणमा मात्र सिमित नराखेर दूर दराजका बस्तिहरूमा पिल्सिएका महिलाहरूलाई लक्षित गरि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो। अनेसास कोरियाले भाषा-साहित्यको माध्यमबाट अधिक नारी स्रष्टहरूलाई एकत्रित गर्ने काम गरेको बताउदै नारी सम्बन्धि लेखिएका रचनाहरू प्रस्तुत गर्नुभएको थियो।
संस्थाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने ‘सूर्य’को संयोजन र सञ्चालनमा शुरु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष आर एन बाट स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो भने कार्यक्रममा वर्तमान पुस्ताका लोकप्रिय नारी स्रष्टाहरू चित्रा कोइराला, दीक्षा भण्डारी ‘जानू’,माया उपाध्याय ,शुशिला ढकाल अधिकारी,सरु ज्ञवाली,शकुन आँसु,शुशीला शर्मा धमला,कल्पना काफ्ले,दुर्गा भवानी भट्ट कञ्चन,अस्मिता पौडेल,ग्रीष्मा पौड्याल,उषा केसी सिल्वाल आदिले रचना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अनेसास कोरिया च्याप्टरले प्रमुख अतिथि डा.रेणुका सोलु र विशेष अतिथि शकुन ज्ञवालीलाई विशिष्ट समान प्रदान गर्दै उपस्थित सबै स्रष्टाहरूलाई सम्मान-पत्रले सम्मान गरेको थियो।
विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल,मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यो कार्यक्रम नारी विशेष भएको हुनाले साहित्यका विभिन्न विधामा कलम चलाउने अधिक नारी स्रष्टालाई उपस्थित गराएर उहाँरूलाई सम्मान गरिएको अध्यक्ष प्रमोद सारंगले बताउनु भयो ।कार्यक्रम जुम मार्फत फेसबुक लाईभ गरिएको थियो।
प्रतिक्रिया
-
४
