दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिनझैँ दोस्रो दिन माघ २९ गते भिन्दा भिन्दै विषयमा चार बहसहरू भए ।
महोत्सवको दोस्रो दिनको पहिलो सेसनको विषय थियो, समावेशिताको अधुरो उचाई । र वक्ताहरू थिए, कवि, तथा अधिवक्ता सरिता तिवारी, नेपाल मगर संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष धनबहादुर ‘किर्तिमान’ साथमा सहजकर्ताको रुपमा थिईन् आस्था केसी ।
०६२–६३ को राजनीतिक परिवर्तन पश्चात समावेशीता अभ्यासमा छ । यो आफैमा अपूर्ण र अपुरो छ । लक्षित समूहले यसको पूर्ण लाभ लिन पाएका छैनन् । हरेक क्षेत्रमा नीतिगत हिसावले उल्लेख गरिएता पनि पूर्ण प्रतिनिधित्व हुन नसकेकेको कुरा सत्य हो । समावेशिताको वर्तमान अवस्थाका कमिकमजोरीहरु र सुधारका आयामहरूको सम्बन्धमा छलफल चल्यो ।
कवि सरिता तिवारीले राजनीतिक परिवर्तन पछि समावेशिताको कुरा चर्को रुपमा उठेपनि र केही मात्रामा सम्बोधन भएपनि लक्षित वर्गमा पुग्न नसकेको बताईन् । खासमा बाम विचार बोक्नेहरूको भाषा समावेशिता नभएपनि पछाडि परेका निश्चित समुहलाई राजनीतिक परिवर्तन पश्चात सबैलाई बराबर बनाऔँ भनेर लिईएको हो ।
नेपालमा समावेशिता लक्षित वर्गमा पुर्याउनु आज नितान्त आवश्यक रहेको छ । उनले थपिन्, -‘ महिलाहरूलाई पुरुषहरूबाट पछाडि पारिएको सतेय हो तर कुनै दुर दराजमा रहेको कुनै पुरुष सहरमा बसेकी कुनै महिलाको अवस्था भन्दा कमजोर हुन सक्छ । त्यो बेला अत्यन्तै सम्वेदनशिल भएर समावेशितालाई सम्बोधन गर्नुपर्छ । ”
तेस्तै धनवहादुर पुन ‘किर्तिमान’ले पनि ममावेशिता निश्चित वर्गमा नपुगेका कारण समावेशिता शब्दप्रतिनै पुर्नविचार गर्नुपर्ने गरि कुरा उठ्न लागेको बताए । कुनै राजनीतिक दल, कुनै जातजाति वा धर्ममै पनि समावेशि र आरक्षण शब्द जो पहुँचमा छन् उनीहरूको हालीमुहालीमा हुनु दुखद रहेको बताए । यसका लागि अर्को विद्रोहको आवश्यकता हुने समेत उनको ईङ्गित गरे ।
उनले राजनितिक नेतृत्व र ब्यूरोक्रेसीको मिलेमतोमा समावेशी शब्दलाई घृणित बनाउने काम भईरहेको र अब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको जोड रह्यो ।
प्रतिक्रिया
-
४
