दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिन माघ २८ गतेका दिन तीन भिन्दा भिन्दै सेसनमा गरमागरम छलफलहरू चले ।

महोत्सवको पहिलो दिनको तेस्रो सेसनको विषय थियो अस्तित्वको अन्तिम लडाई । झण्डै ३ सय मात्र जनसंख्या रहेको कुसुण्डा, अझै जंगलमा बाँचिरहेको राउटे र कुमाल सहित संकटमा रहेका जात र समुदायले अहिलेको विश्व समुदायसंग लडिरहेको अस्तित्वको त्यो लडाई बारे समग्र चिरफार गर्ने कोशिस यस सेसनमा भयो ।

सेसनमा वक्ताको रुपमा सत्यदेवी खड्का गुरुप्रसाद कुमाल ‘बुलबुल’ र सहजकर्ताको रुपमा उदय आले थिए ।

बिशेष लोपोन्मुख जाती राउटेको संरक्षण अभियन्ता सत्यदेवी खड्काले नेपालमा लोपोन्मुख जातीहरूको अवस्था नाजुक रहेको ईङ्गित गरिन । उनीहरको संरक्षढका लमगि राजणय तवरबाटै बिशेष पहल हुनु पर्नेमा उनको जोड रह्यो ।

तेस्तै अर्का वक्ता गुरुप्रसाद कुमाल ‘बुलबुल’ले नेपाल सरकारबाटै लोपोन्मुख जातीको रुपमा वर्गिकरण गरेपछि उनीहरूको संरक्षण, उचित गाँसबास, शिक्षा, स्वस्थ्यको प्रबन्ध गर्दै अन्य जातिहरूलाईजस्तै बराबर बनाउनतिर पहल गर्नु पर्ने बताए ।

बिशेष वक्ताहरूले यध भूगोलमा जन्मेका हरेक प्राणीहरूको अस्तित्व समान हुने र लोपोन्मुखलाई थप संरक्षण गरिनुपर्ने तर्क गरे । छलफल झण्डै १ घण्टा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर