दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिन माघ २८ गतेका दिन तीन भिन्दा भिन्दै सेसनमा गरमागरम छलफलहरू चले ।
महोत्सवको पहिलो दिनको दोस्रो सेसनको विषय थियो आत्मसम्मानका लागि आसु कि युद्ध ? सेससनमा हामी सबै एक तर भिन्न, भिन्नतामा पहिचानको लडाई मात्र हैन आत्मसम्मानका लागि कतै युद्ध त कतै आँसु मात्र, समाजको समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको मुद्धाका विषयमा चिरफार गर्ने कोशिस भयो ।
छलफलका लागि पहिलो मिस पिङ्क, मोडल, नायीका, अभियान्ता भूमिका श्रेष्ठ र सहजकर्त थिए भूपेन्द्र वली ।
भूमिका श्रेष्ठले आजको शिक्षित समाजले समेत समलिङ्गी, तेस्रो लिङ्गीहरूलाई अझै पनि विभेद गरेको तथा मानवजस्तो ब्यावहार नगरेको बताईन् । आम मान्छेहरूजस्तो समलिङ्गी तथा तेस्रोलिङ्गीहरू पनि मान्छे हुन् र उनीहरू हर कुरामा आममान्छे जतिकै सबल छन् तर उनीहरूको भावनाप्रति ठेस पुर्याउने कार्य भएको र उक्त कार्य गलत रहेको बताईन् ।
आजको बैज्ञानिक समाज धेरै अघि बढिसकेको भए पनि हामी भने सामान्य कुराहरूमा अल्झेर बस्नु पर्ने, तेस्रोलिङ्गीहरू पनि मानव हुँ भनेर कराउँदै हिँड्नु पर्ने कारण सिङ्गो समाजनै पछाडि रहेको धारणा व्यक्त गरिन् । अब पनि समलिङ्गी तथा तेस्रोलिङ्गीहरू मान्छे हुँ भन्दै हिड्नु पर्ने हो भने बिद्रोह हुन सक्ने चेतावनी समेत उनले दिईन् ।
प्रतिक्रिया
-
४
