काठमाडौँ / नेपाली आख्यान साहित्यका तीन विशिष्ट महिला हस्ताक्षरहरू- पद्मावती सिंह, माया ठकुरी र भागीरथी श्रेष्ठले ‘त्रिवेणी आख्यान पुरस्कार’ नामको पुरस्कार स्थापना गरेका छन् ।

केहीअघि तीन जना प्रत्येकले १–१ लाख जम्मा गरी एउटा अक्षय कोष राखेका छन् । त्यसबाट आर्जित व्याजको रकम मध्येबाट हरेक वर्ष आख्यानका एक स्रष्टालाई रु ३०००० (तीस हजार नगद राशि) सहितको ‘त्रिवेणी आख्यान पुरस्कार’ प्रदान गरिनेछ।

महिला लेखकहरूको संस्था ‘गुञ्जन’द्वारा सञ्चालन गरिने भए तापनि उक्त पुरस्कार महिला या पुरुष दुवै आख्यानकारलाई प्रदान गरिने तर ती आख्यानकारका तीन वटा पुस्तक प्रकाशित भइसकेको हुनुपर्ने भन्ने कुरा पनि सिंहले भनेकी छिन् ।

पद्मावती सिंह, माया ठकुरी र भागीरथी श्रेष्ठ वीच नेपाली साहित्यमा एउटा उदाहरणीय मित्रता छ। यो पुरस्कार स्थापनाले उनीहरूको मित्रता झन् बलियो भएको देखिन आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर