✍️ सुरेश पाण्डेय

      गजल – १

म ढल्दै ढलेन हानेको प्रहारले
निर्दोषी खुन खानेको प्रहारले

झुक्दैन शिर के दिन्छौ चुनौती
डराउँदैन मत छानेको प्रहारले

नसोच्नु मलाई हरायो शहरमा
बाध्याता भित्र बानेको प्रहारले

सजिलो निर्णय लिँदैन जिन्दगी
तेसैले चोटदिन जानेको प्रहारले

शान्ति र शान्तना म भित्रै छ रत
संसारमा मलाई धानेको प्रहारले

       गजल – २

गर्नु छ गल्तीको खण्डन बिचमा नआउ
हुनसक्छ बम बिष्फोटन बिचमा नआउ

सत्यको बिजय गर्नु छ आँफु मरेर यहाँ
ल्याएर कमलको धड्कन बिचमा नआउ

भाइ हरायो यही युद्धमा बहिनी बिधुवा छे
मनमा आगो बल्छ दनदन बिचमा नआउ

देश कै लागि हिँजो एकजुट भयौ जनता
आज देशद्रोही नेता छन बिचमा नआउ

लड्नु छ यहाँ बाँकी जिन्दगी देशको लागि
तिमी बोकेर हातमा कफन बिचमा नआउ

 

प्रतिक्रिया

सम्बन्धित खवर