✍️ वैद्यनाथ श्रमजीवी
मुक्तक – १
धार्मिक चाडपर्व आउँछ पालैपालो
तिहारमा धुवाँको प्रदुषणले कालो
अधिकार बिहिन छन् झुपडीहरू
महल हुनसक्छ शोषणले उज्यालो !!
मुक्तक – २
महलमा दिनहुँ तिहार आएको हुन्छ
झुपडीमा बेरोजगारी छाएको हुन्छ
किसान मजदुरको पसिना लुटेर
शोषकले खुसीको गीत गाएको हुन्छ ११
मुक्तक – ३
दरबारमा पर्वले खुसीयाली आउँछ
झुपडीमा सँधैं ऋणको त्रास छाउँछ
लक्ष्मीको आशमा दिपावली गरे पनि
तिर्न नसक्दा साहुले उठीबास गराउँछ !!
मुक्तक – ४
मान्छेको भेला गरिन् लक्ष्मीले
पैसाको खेला गरिन् लक्ष्मीले
भ्रष्टाचारीहरूको दासी बनेर
गरिबलाई हेला गरिन् लक्ष्मीले !!
मुक्तक – ५
महल भित्र गरिन्छ दिनहुँ अनेकौं श्रृंगार
पैसा भए खल्तीमा घरमै धाउँछ बजार
अन्धकारमा हुन्छ गरिबहरूको झुपडी
बेरोजगारले कसरी मनाउने हो तिहार !!
प्रतिक्रिया
-
४
